जनताको ‘मन जितेर मत प्राप्त गर्ने’माओवादीको अभियान | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

जनताको ‘मन जितेर मत प्राप्त गर्ने’माओवादीको अभियान

काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शनिबारदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गर्नुभएको हो । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबारबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गर्नुभयो । अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);