एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । उहाँले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गर्नुभयो ।

उहाँले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताउनु भयो । उहाँले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गर्नुभयो । उहाँले आपसमा खुट्टा नतानि काम गर्न निर्देशन दिनुभयो । काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उहाँको आग्रह छ ।

उहाँले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);