जेलरको नाफा बाँडफाँड : रजनीकान्तले पाए १०० करोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

जेलरको नाफा बाँडफाँड : रजनीकान्तले पाए १०० करोड

एजेन्सी, १५ भदौ । रजनीकान्तको फिल्म जेलरले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । देशमा ३८१ करोड रुपैयाँ कमाए पनि विश्वव्यापी रूपमा ६०० करोडको क्लबमा सामेल हुनेतर्फ अघि बढिरहेको छ ।

रजनीकान्त देशको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता पनि बनेको सुनिएको छ । हालै फिल्मका निर्माता कलानिधि मारनले रजनीलाई भेटेर फिल्मको नाफा बाँडफाँडको चेक हस्तान्तरण गरेका थिए ।
यो चेकको मूल्य १०० करोड रुपैयाँ छ । फिल्मबाट निर्माताले हालसम्म २ सय १० करोड रुपैयाँ नाफा कमाएको छ ।

सन पिक्चर्सले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा यो भेटको तस्विर शेयर गरेको छ । जसमा कलानिधि र रजनी चेक हस्तान्तरण गरिरहेको देखिन्छ । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सोही तस्विर शेयर गर्दै साउथका फिल्म ट्रेड एक्सपर्ट मनोबाला विजयबालनले लेखिन्, ‘जेलीका निर्माताले रजनीकान्तलाई १०० करोडको चेक हस्तान्तरण गरेको खबर आएको छ । यो जेलरको नाफा बाँडफाँड चेक हो। यससँगै रजनी देशकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छन् ।

जेलर खाडी सहयोग परिषद क्षेत्रमा तेस्रो सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म बनेको छ । केजीएफ–२ र बाहुबली–२ यस लिस्टमा शीर्ष स्थानमा छन् । अगस्ट १० मा रिलिज भएको यो फिल्मले अहिलेसम्म धेरै रेकर्ड तोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);