काठमाडौं, १५ भदौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
शर्मालाई गत भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७९ भदौमा पनि उनको नाम सिफारिस भएको थियो । फेरी भदौ १० गते बसेको न्यायपरिषदको बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको हो ।