काठमाडौं, १५ भदौ । गएराति भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ११ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
जिल्लाको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको स्थानीयहरुले बताएका छन् ।