मणिपुरमा तीन दिनदेखि हिंसा जारी, गायकसहित ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

मणिपुरमा तीन दिनदेखि हिंसा जारी, गायकसहित ८ जनाको मृत्यु

एजेन्सी,१५ भदौ । मणिपुरमा फेरी आगो लागेको छ । चुराचन्दपुर र विष्णुपुर जिल्लाको सीमावर्ती मध्यवर्ती क्षेत्रमा तीन दिनदेखि सुरु भएको हिंसा अझै जारी छ । तीन दिनमा आठ जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

बिहीबार खोइरान्तक, चिङ्पेई, खोसुबुङ र नारायणसेनामा मेइती र कुकी आक्रमणकारीबीच मोर्टार र गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मणिपुरका चर्चित कुकी गायक मंगाबोई लुङ्दिम पनि छन्, जसले मे महिनामा हिंसा भड्किएपछि ‘आई गम हिलाउ हम’ (यो हाम्रो भूमि होइन) गीत लेखेका र गाएका थिए ।

यसैबीच आदिवासी संगठन आईटीएलएफले चुराचन्दपुरमा बन्दको घोषणा गरेको छ । हिंसा प्रभावित चुराचन्दपुर र विष्णुपुरमा सेना परिचालन गरिएको छ । हाल यहाँको बफर जोनमा सीआरपीएफ र असम राइफलहरू तैनाथ गरिएको थियो । सेनाको भनाइ छ,महिला संगठनहरूले उनीहरूलाई हिंसाग्रस्त क्षेत्रमा अघि बढ्न अनुमति दिँदैनन् ।

अगस्ट २९ मा मणिपुरको विष्णुपुर–चुराचन्दपुर सीमामा दुई समूहबीच गोली हानाहान भएको थियो । यसमा गाउँ रक्षा बलका दुई स्वयंसेवकको मृत्यु भएको थियो । त्यहाँ ७ जना घाइते भएका छन् । नारान्सिनामा आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि गोली प्रहार गरेका छन् । जवाफमा स्वयंसेवकहरूले पनि गोली चलाउन थाले।

मृत्यु हुनेमा लाइबुजाम इनाओ र जाङ्मिनलेन गङ्गेट रहेका छन् । लाइबुजामलाई विष्णुपुरको नरंसिनामा गोली प्रहार गरिएको थियो । उनलाई इम्फालको एक अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो । चुराचन्दपुरको सोङदो गाउँमा झडप हुँदा जङ्मिन्लेन घाइते भएका छन् ।

मणिपुर प्रहरीले अगस्ट २८ मा प्रतिबन्धित विद्रोही समूहको राजनीतिक शाखा रिभोलुसनरी पीपुल्स फ्रन्ट (आरपीएफ), नेशनल सोसलिस्ट काउन्सिल अफ नागालिम इसाक–मुइवाह (एनएससीएन–आईएम) का एक–एक सक्रिय कार्यकर्ता र दुई ओभरग्राउन्ड कार्यकर्तालाई गिरफ्तार गरेको छ। काङ्गेलीपाक कम्युनिष्ट पार्टी (केसीपी) का कार्यकर्ता पक्राउ परेका छन् ।

इम्फाल पूर्व र विष्णुपुरमा खोजी अभियानका क्रममा ६ वटा हातहतियार, ५ थान गोली र २ विष्फोटक पदार्थ बरामद भएको छ । प्रहरीले भदौ २९ गते यसबारे जानकारी दिएको थियो । राज्यका अन्य क्षेत्रमा पनि गोलीबारी भएको सुरक्षा बलले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);