विभिन्न हातहतियारसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका–५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ ।

साथै कैलाली, लम्कीचुहा नगरपालिका–१ भुरूवाबाट हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका–७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);