भक्तपुरमा मनाइयो गाईजात्रा, काठमाडौंमा यौनिक अल्पसंख्यकको प्राइड परेड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

भक्तपुरमा मनाइयो गाईजात्रा, काठमाडौंमा यौनिक अल्पसंख्यकको प्राइड परेड

भक्तपुर । भक्तपुर र काठमाडौंको टुँडीखेल लगायत देशभरका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइएको छ ।

सो क्रममा स्थानीयहरुले सांस्कृतिक नृत्यसहित गाईजात्रा प्रश्तुत गरेका हुन् । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा प्राइड परेड प्रदर्शन गरेका थिए । भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्रा भन्दा भिन्न र विशेष खालको जात्राको रुपमा लिइन्छ । भक्तपुरको गाईजात्राको प्रमुख आकर्षणका रुपमा घिन्ताङकिसी नाच, माक प्याख नाँच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक भक्तपुर पुग्ने गर्छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रालाई हास्यव्यङ्ग्य पर्वको रुपमा पनि लिइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);