विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छः मन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छः मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताउनु भयो ।

उहाँले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताउनु भयो । उहाँले नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताउनु भयो । अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनु भयो ।

उहाँले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गर्नुभयो । उहाँले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताउनु भयो ।

उहाँले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताउनु भयो । उहाँले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको बताउनु भयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउन भन्नसक्ने अवस्था नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);