एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्योः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्योः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस प्रवक्ता समेत रहनुभएकाल अर्थमन्त्री महतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताउनु भयो।

उहाँले संसद भनेको समसामहिक विषयमा सहन रुपमा छलफल गर्ने,ऐन कानूनहरु बनाउने थलो भएपनि त्यस्तो बन्न एमालले नदिएको बताउनु भयो। उहाँले सरकारले संघीयताको मर्म अनुसार ऐन कानूनहरु बनाउने संसदमा विधेयक प्रश्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको बताउनु भयो। अर्थमन्त्री महतले संघीयता, संघीय कानून, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेको बताउनु भयो।

उहाँले सरकार प्रति असहमति रहेका विषयमा संसदभित्रै छलफल गरेर निस्कर्षमा पुग्नुपर्ने बताउनु भयो । उहाँले सहज रुपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार भएको भन्दै सांसदहरुले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रुपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताउनु भयो। उहाँले सरकारमा नहुने बित्तिकै संसदलाई असहज बनाउने मानसिकता राख्न नहुने बताउनु भयो। उहाँले नेपाली काँग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद अवरुद्ध गर्ने काम नगरेको बताउनु भयो ।

अर्थमन्त्री महतले आर्थिक श्रोतहरु पर्याप्त जुट्न नसकेकाले मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउनु भयो। उहाँले सरकारले मधेस प्रदेशलाई बजेट विनियोजनमा विभेद नगरिएको बताउनु भयो। उहाँले आगामी दिनमा देशको आर्थिक र राजश्व वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);