एसिया कपमा पाकिस्तानसँग नेपालको नमिठो हार | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

एसिया कपमा पाकिस्तानसँग नेपालको नमिठो हार

काठमाडौँ । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ३४३ को लक्ष्य पच्छ्याएको नेपालले २३ दशमलव ४ ओभरमै सबै विकेट गुमाएर पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउँदा आरिफ शेखले २६ रन बनाए । पाकिस्तानका सदाब खानले ४ विकेट लिए ।

पहिलो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका थिए । उनले ४ बलमा ८ रन बनाउँदा २ चौका प्रहार गरे । त्यसलगत्तै क्रिजमा आएका रोहित पौडेल पहिलो बलमै एलबी डब्ल्यू आउट भएका थिए । त्यसपछि टिमको स्कोर १४ रन हुँदा आशिफ शेख ५ बलमा ५ रन ब नाएर आउट भए । सुरुका दुई विकेट सहेन साह अफ्रिदीले लिएका थिए । त्यसपछि नसिम साहले पाकिस्तानलाई तेस्रो सफलता दिलाएका थिए ।

१४ बलमा ३ विकेट गुमाएको नेपालको पारिलाई आरिफ शेख र सोमपाल कामीले सम्हालेका थिए । यी दुईले ५९ रनको साझेदारी गरेका थिए । ७८ बल फेस गरेका थिए । तर १४.४ ओभरमा नेपालको स्कोर ७३ रन भएका बेला नेपालले चौथो विकेट गुमायो । नेपालका आरिफ शेख २६ रन बनाएर आउट भए । ३८ बल फेस गर्दा ५ विकेट लिए ।

उनलाई हारिस रौफले आउट गरेका थिए । यसैगरी १७ औं ओभरमा नेपालले पाँचौं विकेटको रुपमा सोमपाल कामी आउट भए । कामीले ४६ बल फेस गर्दा २८ रन बनाए । उनले ४ चौका प्रहार गरे । उनी ४.२ ओभर भएका बेला सोमपाललाई अम्पाएरले आउट दिएका थिए । अफ्रिदीको बलमा आउट दिए पनि डीआरएस रिभ्यूमा उनी नटआउट भएर पारि सम्हालेका थिए ।

सोमपाल आउट भएपछि अहिले क्रिजमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । तर, दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । लगत्तै गुल्सन झा व्यक्तिगत १३ रन बनाएर आउट भएका थिए । उनले २३ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका सन्दीप लामिछाने २ बल फेस गर्दा बोल्ड आउट भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);