काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पकिस्तानले टस जितेर ब्याटिङ गरिरहेको छ ।
पाकिस्तानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । दोस्रो विकेट सोमपाल कामीले लिए भने तेस्रो विकेट सन्दीपले लामिछानेले लिएका छन् ।
पाकिस्तानले २३.४ ओभरमा ३ विकेटको नोक्सानीमा १११ रन बनाएको छ ।