चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन स्वागतयोग्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन स्वागतयोग्य

काठमाडौं । नेपाल बैंकर्स संघले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधनको स्वागत गरेको बताउनुभएको छ ।

मंगलवार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले केसीले कर्र्जा सम्बन्धी नीतिमा गरिएको संशोधनले बजारमा सकारात्मक प्रभाव परेको बताउनुभएको हो ।

उहाँले बैंक वित्तीय संस्थाको सीडी रेसियो ८२÷८३ प्रतिशत भएपनि लगानीयोग्य पुँजीको अभाव भएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा सुधार गर्न सरकारी खर्च बढाउनुपर्ने भन्दै बैंकका तरलता अभाव कायम नै रहेको बताउनु भयो । उहाँले उद्योग र अरु खालको पोर्र्टफोलियोलाई छुट्याएर सिलिङ बढाएकोमा स्वागत गर्नुभयो ।

राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नु पर्ने सर्कुलरले भने खराब कर्जा बढ्ने केसीको भनाइ छ । केसीले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिइ डिपोजिट नदिँदा समस्या भएको बताउनु भयो । बाहिर भनिएको जस्तो तरलता सहज अवस्थामा नभएको उहाँले जिकिर गर्नुभयो । बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको केसीले बताउनु भयो ।

बैंक वित्तीय संस्थाले विभिन्न मापदण्डको आधारमा ४०÷५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । उत्पादनमुलक उद्योगलाई सहज व्यवस्था गरिएको छ ।’

उहाँले रेमिट्यान्समा भएको वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्र बलियो बन्दै गएको बताउनु भयो । बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);