सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन, एआईजी बज्राचार्यलाई संयोजकको जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन, एआईजी बज्राचार्यलाई संयोजकको जिम्मेवारी

काठमाडौँ, १२ भदौ । त्रिभुवन विमानस्थलबाट चेकजाँच गरि राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन भएको हो ।

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । बज्राचार्य सिआईबीका निर्देशक हुन् ।

यस अघि नै केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);