काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेको छ ।
आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज जलविद्युत १.८८, उत्पादनमूलक २.१५, लघुवित्त ०.२५ अंक र अन्य समूह ४.२५ अंकले घटेको छ ।