काठमाडौं, १० भदौ । ललिता निवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनमा उनीमाथि मुद्दा नचलाउन सुझाव दिएको थियो ।
सीआईबीको सल्लाहविपरित राउतविरुद्ध लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको बुझिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सीआईबीले २ सय ८६ आरोपीलाई संगठीत अपराध र किर्तेको कसुरमा मुद्दा चलाउने राय दिएको थियो ।
तर सरकारी वकिलको कार्यालयले भने संगठित अपराधको कसुरमा पनि मुद्दा नचलाउने निर्णय गरेको छ । सो प्रकरणमा अनुसन्धानका लागि राउतलाई २४ असारमा पक्राउ गरेपनि पछि सर्वोच्चको आदेपछि रिहा भएका थिए ।