सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयोः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयोः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गर्नुभयो । उहाँले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गर्नुभयो । उहाँले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गर्नुभयो ।

सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);