ऐन, कानूनमा संसदमा गहन बहस हुँदैन, बहुमतको भरमा पास हुन्छन्ः डा. सिके राउत | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

ऐन, कानूनमा संसदमा गहन बहस हुँदैन, बहुमतको भरमा पास हुन्छन्ः डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताउनु भयो ।

उहाँले सबैले संसद ऐन, कानून निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताउनु भयो ।

उहाँले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गर्नुभयो । उहाँले संसदबाट धेरै आशा गर्न नसकिने बताउनु भयो । उहाँले सचिवसँग निजामति ऐन माग्दा नदिएको गुनासो गर्नुभयो ।

अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमीक दिनुपर्ने र शिक्षा पेशालाई मर्याीदत बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);