चुरियामाई जादै गरेको बस खोलामा खस्यो,७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

चुरियामाई जादै गरेको बस खोलामा खस्यो,७ जनाको मृत्यु

काठमाडौं,७ भदौ । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहरपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मुत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको बुझिएको छ । त्यसमा पनि ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ ।

२७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । बसका चालक भने फरार रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);