पर्यटनमन्त्री सुदन किराँतीलाई पितृशोक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृशोक

काठमाडौं,६ भदौ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । मन्त्री किरातीको पिता हर्कबहादुर राईको आज बिहान उपचारको क्रममा निधन भएको आफैले जानकारी दिएका छन् । उनका बुवा लामो समयदेखि उपचाररत थिए ।

सामाजिक सञ्जालमा मन्त्री किराँतीले लेखेका छन्,‘भखरै वुवाले धोका दिनुभयो, आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो, उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);