सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छः सांसद शाह | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छः सांसद शाह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरुले नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले सिआइबिलाई छानविन गर्न दिइनु ठिक भएको बताउनु भयो । उहाँले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएको बताउनु भयो ।

उहाँले सरकारी संयन्त्रहरुलाई विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक अपराधहरुको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरुको कुनै काम नहुने बताउनु भयो । उहाँले अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरुलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनुपर्ने बताउन भयो ।

उहाँले राज्यलाई बलियो बनाउनका लागि सरकारलाई बलियो बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।

Leave a Reply