दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो ।

मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । मंगलबार १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसमा ९.९८ प्रतिशतको वृद्धि भएको हो । इङ्वा हाइड्रो, माइखोला हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोसहितको धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);