एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। आजबाट शुरु भएको बैठक ७ गतेसम्म चल्नेछ ।  बैठक ललितपुरस्थित बालकुमारीमा बिहानबाट सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ । बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनः गठन, पार्टीको भुमिकालाई सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);