अगस्ट २३ मा जिम्बावेमा आम निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

अगस्ट २३ मा जिम्बावेमा आम निर्वाचन हुँदै

एजेन्सी, ५ भदौ । अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेस्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ मा (भोलि) आम निर्वाचन हुदैछ ।

यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ । सन् १९८० मा स्वतन्त्र भएको जिम्बाबेमा ‘जिम्बाबे अफ्रिकी राष्ट्रिय संघ राष्ट्रवादी’ पार्टीले निरन्तर शासन गर्दै आएको छ । यो आम निर्वाचनपछि पनि जिम्बाबे अफ्रिकी राष्ट्रिय संघ राष्ट्रवादी शासनमा निरन्तर हुन चाहन्छ । राष्ट्रपति पदका लागि ११ जना उम्मेदवारहरू प्रतिष्पर्धा गर्नेछन् । यो आम निर्वाचनमा मुख्य प्रतिष्पर्धा जिम्बाबे अफ्रिकी राष्ट्रिय संघ राष्ट्रवादीका नेता तथा वर्तमान राष्ट्रपति इमर्सन मनङ्गाग्वा र परिवर्तनका लागि नागरिक गठबन्धनको नेतृत्व गरिरहेका नेल्सन चामिसाबीच हुने बताइएको छ ।

मनङ्गाग्वाले शनिवार आफ्नो गृह प्रान्त मिडल्याण्ड्समा आफ्नो चुनावी अभियानको समापन गर्नुभयो भने चामिसाले सोमवार जिम्बाबेको राजधानी हरारेमा आफ्नो चुनावी अभियान समापन गर्नुभयो । जिम्बावे निर्वाचन आयोगको तथ्यांक अनुसार, ६० लाख बढी मानिसहरूले मतदान गर्नेछन् । जिम्बाबेमा हरेक पाँच/पाँच वर्षमा आवधिक निर्वाचन हुन्छ । पछिल्लो चुनाव २०१८ मा भएको थियो । जिम्बाबेमा राष्ट्रपतिको चुनावमा भाग लिनको लागि उमेर कम्तिमा ४० वर्ष हुनुपर्ने व्यवस्था छ ।

जिम्बावेको संविधानले संसदका ३५० सदस्यको निर्वाचनको व्यवस्था गरेको छ । संसदमा राष्ट्रिय सभा र सिनेटमा क्रमशः २७० र ८० सांसद हुन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);