सुगर मिलको लापरवाहीले संयौ बिगाहाको धान बाली सखाप, भोकमरि लाग्ने किसानको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सुगर मिलको लापरवाहीले संयौ बिगाहाको धान बाली सखाप, भोकमरि लाग्ने किसानको चिन्ता

kanchanpur ssb abarodh

पुष्कर भट्ट । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सुगर मिलका लापरवाहीका कारण किसानले संयौ बिगाहामा लगाएको धान बाली सखाप भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ मा रहेको महाकाली चिनिमिल तथा केमिकल्स प्रा. लि. वाट निस्कने स्प्रिट(कास्टिक)का कारण किसानले लगाएको सयौ विगाह धानसंगै ,उखु र तिलखेतिमा क्षति गरेको हो ।

नगरपालिकाको सुचिकृत जाति राना समुदायको वाहुल्यता रहेको वस्तिका खेतहरुमा नालाको पानि संगै चिनि मिलको वाट फालिएको रशायन युक्त फोहरका कारण २०० विगाह वढि धान खेति पुर्णरुपमा क्षति भएको हो भने उखु र तिल खेतिमा समेत ६० प्रतिसत वालि नोक्सानी भएको देखिएको छ ।

विगतमा समेत ठुला ठुला वाढि आउने गरेपनी वर्खामा लगाएको धान खेति र उखु खेति आंशिक रुपमा मात्रै क्षति हुनै गरेको तर यस वर्ष भने मिलकै रशायन मिसिएको वाढि खेतमा पस्दा धान खेति पुर्ण रुपमा क्षति भएको स्थानिय किसानहरुले वताएको छन ।

करिव २ सय विगाहको खेति क्षति हुदा त्यस क्षेत्रमा खाद्यान्न संकट आउन सक्ने चिन्ता वढेको छ । गत साउन २२ गते दोदा नदि र सिमरी नालामा आएको बाढिसंगै सिमरी नाला आसपासमा डुबान भएको थियो । पुनर्वास नगरपालिका– २ स्थित भागेश्वर चिनि मिल तथा केमिकल्स प्रालि.ले रशायन खोलाको पानीमै छोडेको कारण खेतीबाली नष्ट भएको आरोप सहित उचित क्षतिपुर्तिको माग अघि सारेको छन । चिनि मिलको लापर्वाही र उद्योग वाट निस्किेको फोहर रशायनको उचित व्यवस्थापन नगर्दा नगरपालिकाका ५ वडामा मा लगाईएको अन्न वालि वाट किसानहरुले ठुलो क्षति बेहर्नु परेको छ ।

चिनि मिलकै लापरवाही र वेवास्ताका कारण नै किसानहरु खाद्य संकटमा परेको वताउदै गत वर्ष फगुनमा चिनिमिल प्रशासन, स्थानिय तह र कृषकहरुले त्रिपक्षिय सहमतिमा समेत मिल वाट निस्कने फोहरजन्य रशायनको उचित व्यवस्थापन गरेर मात्रै मिल सञ्चालन गर्नुपर्ने त्रिपक्षिय सहमति भएपनी सो कार्यान्वयन नभएको पुनर्वास नगरपालिकाले ७ का वडाध्यक्ष मुलचन्द रानाले वताएका छन । लगाईएको धान वालि सुकेर पराल जस्तै भएको छ भने उखु वालि समेत सुक्दै गईरहेको छ । धेरैदिन पानी जमेका कारण धानबाली पुर्णरुपमा खेतमै कुहिएर गन्हाउन थालेको छ । उखु र धान क्षतिको विषयलाई लिएर कृषि ज्ञान केन्द्र, नगरपालिका तथा भागेश्वर चिनि मिल लगायत सरोकारवाला संग छलफलबाट भएको छ ।

उक्त स्थानको माटो र पानी चेक जाँचको लागी तत्काल कृषि अनुसन्धान केन्द्र लाई पठाउने, नगरपालिका, कृषक र सुगर मिलले क्षतीको संयुक्त अनुगमन निरिक्षण गर्ने, माटो र पानीको परिक्षण रिपोर्ट आएपछि पिडित कृषकहरुलाई जिल्ला विपद व्यवस्थापन मार्फत उचित क्षतिपुर्तिको व्यवस्था गरिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिदत्त जोशी ले बताएका छन ।

यता महाकाली सुगर मिल तथा केमिकल प्रा.लिका मेकानिकल ईन्जिनियर पदमराज पाण्डेयले ६ महिना देखि मिल बो काम बन्द भएकोले मिल वाट कुनै त्यस्तो रशायन उत्पादन नै नहुने भन्दै मिल सञ्चालन भएका बेला आउने फोहर तथा रशायन लाई मिल प्रशासनले उचित व्यवस्थापन गर्दे आएको वताएका छन । उहाले मिल वाट आउने रशायन लाई आफुहरुले स्थानियकै माग वमोेजिम सडक हरुमा धुलो उड्न वाट बचाउन केहि मात्रामा प्रयोग गरेको स्विकार्दै त्यहि लेदो वाढि संगै वगेर खेतवारीमा गएको भएपनी त्यसले बालिलाइ कुनै असर नगर्ने अपुष्ट जानकारी दिएका छन ।

कञ्चनपुर जिल्लामा कुल ५६ हजार ६६ हेक्टर खेतीयोग्य जमिन रहेको छ जस्मध्ये ४८ हजार ४ सय ९६ हेक्टरमा धान खेती गर्ने गरिन्छ । गत बर्ष कञ्चनपुरमा प्रति हेक्टर ४ मेटि «क टन धान उत्पादन भएको थियो ।

अधिकांस सुकुम्वासि र राना समुदाय रहेको सो क्षेत्रका किसानहरुको मुख्य आम्दानी नै खेति किसानी भएकाले आम्दानीको मुख्य श्रोतनै नरहेपछी यतिबेला किसानहरु भोकमरी हुने चिन्तामा छन । तसर्थ सरकारले कसरी हुन्छ समस्यामा परेका किसानहरुलाई सुगरमिल बाट उचित क्षतिपुर्ती दिलाउन पहल गर्नु पर्ने आवश्यक देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);