काठमाडौं । भक्तपुरको बालसुधार गृहबाट भागेका मध्य ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ।
भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भागेका थिए ।
एकजना १८ वर्षको कैदी खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए ।
उक्त घटनामा केही प्रहरी समेत घाइते भएका छन् ।