काठमाडौं । भक्तपुरको बाल सुधारगृहबाट डेढ सयभन्दा बढी कैदीहरु भागेका छन्।
सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ।
भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ ।
एकजना १८ वर्षको कैदी खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए ।
उक्त घटनामा केही प्रहरी समेत घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।