ललिता निवासबारे द्धय पूर्वप्रधानमन्त्रीले दिए बयान | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

ललिता निवासबारे द्धय पूर्वप्रधानमन्त्रीले दिए बयान

काठमाडौं, ४ भदौ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसँग गएराति बयान लिएको हो ।

गए राति नै पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग पनि बयान लिएको बुझिएको हो ।

आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे सीआईबीलाई बताएको बुझिएको छ ।

डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु, यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);