समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले भ्रष्टाचार बिरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छाँै । भ्रष्टाचार बिरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’

बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने बताउनु भयो । उहाँले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भुमिकाको बारेमा छलफल भएको पनि बताउनु भयो । प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपालका तेस्रो बैठक बस्यो । समसामयिक राजनीति र समाजवादी मोर्चाको भुमिकाको बारेमा छलफल भयो । सचिवालयमा गरेका निर्णयहरुको अनुमोदन गर्ने निर्णय भएको छ । समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भयो । हामीले ८ गते मधेसमा वीरगञ्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते वागमतीको हेटौंडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौँ ।’

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);