काठमाडौं, ३ भदौ । मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सकुशल उद्धार भएको छ ।
शनिबार बिहान पुलमा झुण्डिएका धादिङको नीलकण्ठ नगरपालिका– ६ का ४५ वर्षका कृष्ण परियारको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोली पुलमा पुगेको थियो । टोलीले रोप रेस्क्यु विधिबाट परियारको जीवितै उद्धार गरेको हो ।
हाल मुग्लिनस्थित हाइवे अस्पतालमा परियारको उपचार भइरहेको छ । उनी पुलमा झुण्डिनुको कारण भने खुलेको छैन् ।




