दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ स्थित श्री सरस्वती आ. वि बिटोराका प्रधानाध्यापक अनिरुद्र दत्त भट्ट पाँच दिन देखी बेपत्ता भएका छन्।
५६ वर्षीय प्रधानाध्यापक अनिरुद्र दत्त भट्ट गत मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउन भनि घरबाट गएपछि बेपत्ता भएका हुन ।
बेपत्ता शिक्षकको खोजिका लागि इलाका प्रहरी कार्यालय रिठाचौपाता र प्रहरी चौकी रातामाटाबाट प्रहरी टोली र स्थानीय खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।