नक्कली प्रमाणपत्रको अभियोगमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नक्कली प्रमाणपत्रको अभियोगमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

cib

काठमाडौं,१ भदौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरिरहेको आरोपमा एक विद्यार्थी पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी नसिम अख्तरलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

चितवनबाट पक्राउ परेका ती विद्यार्थीलाई चितवनबाट आज काठमाडौं ल्याइदै छ । उनको घर सप्तरी राजविराज–७ हो । उनी चितवनका मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टारमा अध्ययनरत विद्यार्थी हुन् ।

उनीमाथि आइएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरेको प्रमाणपत्र पास गरेको पेश गरेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);