लम्पी स्किन रोग नियन्त्रणका लागि पूर्व कार्ययोजना बनेको छः सचिव खराल | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

लम्पी स्किन रोग नियन्त्रणका लागि पूर्व कार्ययोजना बनेको छः सचिव खराल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले पूर्व कार्ययोजना बनाएको बताउनुभएको छ ।

बिहीवार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समितिमा पशु सचिव खरालले पशुुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस गरिसकेको जानकारी दिनुभयो । उहाँले कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्वतयारी, खोप अभियान सञ्चालन र देशभित्रै खोप उत्पादनका विषय समेटिएको बताउनु भयो । खरालले भदौसम्म पूर्व तयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच रहेको बताउनु भयो । सरकारले राहतको सशक्त माध्यम पशुधन बीमा भएपनि यो प्रभावकारी नभएको स्वीकार गर्नुभयो । उहाँले कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनु भयो ।

डा.खरालले भन्नुभयो, ‘हामिले अहिले एउटा कार्ययोजना नेपाल सरकारको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस पनि गरिसकेका छौं । कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्व तयारी, खोप अभियान सञ्चालन र देशभिभत्रै खोप उत्पादनका विषय समेटिएका छन् । भदौसम्म पूर्वतयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र अब आउने पुस, माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच छ । हामीसँग खोप प्रयोगशाला छ । त्यसबाट उत्पादन गर्ने योजना छ । तर, वैदेशिक सहयोगमा पनि भर पर्र्नुपर्ने भएकाले त्यताबाट प्राप्त भएको आधारमा शुरु हुन्छ । कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौँ । यो चाहीँ नेपाल सरकारबाट प्राप्त हुनुपर्र्ने अवस्था छ । यो आर्थिक वर्षको बजेट हामिलाई पर्याप्त छैन ।’

सचिव खरालले पशुधन बीमाबाट किसानले लाभ लिन नसकेको भन्दै यसको नियमन गर्र्ने निकाय बीमा प्राधिकरण भएको बताउनुभयो । लम्पी स्किन रोग नियन्त्रणका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको गुनासो गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);