माघे संक्रान्ति : तरुलको मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

माघे संक्रान्ति : तरुलको मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा

tarul

फूलमाया आले
काठमाडौं, ३० पुस । माघी अर्थात मकर संक्रान्तिमा तरुलको विशेष महत्व छ । मकर संक्रान्तिका दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर अघिल्लो दिन पकाइएको तरुल, चाकु, तिलको लड्डु तथा घिउ खाने चलन छ । मकर संक्रान्तिका बेला यी खाद्यबस्तुको माघ बढी हुन्छ । माग बढेसँगै तरुलको मूल्यमा बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

मकर संक्रान्ति थारु र मगर समुदायको विशेष चाड हो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी लगायत विभिन्न रुपमा मानाइने यस पर्व हरेक जाती तथा समुदायले आ–आफ्नै तरिकाले मनाउँछन् । पहाडी क्षेत्रमा पने मकर संक्रान्तिका अवसरमा तरुल, घिउ, चाकु तथा तिलको लड्डु खाएर आपसमा खुसी साटासाट गरेर मनाइन्छ । मकर संक्रान्तिको अवसरमा यी खाद्य वस्तुको खपत पनि बढी हुन्छ । माग बढेपछि व्यापारीहरुले मनोमानी मूल्य असुल्दा उपभोक्ता भने समस्यामा परेका छन् ।

काठमाडौंमा नवलपरासी, चितवन, धादिङ, पाल्पा, सर्लाही, धरान, सुनसरीलगायतका जिल्लाबाट तरुलको आयात हुने गरेको छ । मकर संक्रान्तिलाई लक्षित गरी दैनिक ८० देखि १ सय टनसम्म तरुल आयत भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।

बजारमा हात्तीपाइले तरुल, बन तरुल, सेतो तरुल, रातो तरुल, घर तरुल, पानी तरुल, जस्ता विभिन्न किसिमका तरुलहरु पाइन्छ । ती तरुलहरुको मुल्य पनि बजारमा फरक–फरक छ । बजारमा बनतरुलको मुल्य प्रतिकेजी २ सय ५० देखि ४ सय रुपैयाँसम्म छ त्यस्तै पातले सेतो तरुल र मुढेको सेतो तरुलको मुल्य ५० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

विगत वर्षको तुलनामा यो वर्ष तरुलको मुल्य पनि वृद्धि भएको व्यवसायी बताउँछन् । मूल्य वृद्धि हुँदा विक्रि घटेको उनीहरुको भनाइ छ ।  माघी पर्वको अवसरमा तरुल, सिमल तरुल, सखरखण्ड, पिडालु, जस्ता परिकारहरु घर–घरमा पकाइन्छ । बजारमा अघिपछि विरलै किन्न र देख्न पाइने तरुल माघे संक्रान्तिको आसपासमा भने प्रसस्तै पाइन्छ । जाडो समयमा यस्ता कन्दमुल खाँदा गर्मी हुन्छ र जाडो छल्ने उर्जा मिल्ने विश्वास रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);