काठमाडौं । हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको कास्की, लम्जुङ र म्यागदी आसपासको क्षेत्रहरुमा, बागमती प्रदेशको सिन्धुली जिल्ला आसपासको क्षेत्रमा साथै कोशी प्रदेशको खोटाङ र सोलुखुम्बू जिल्ला आसपासको क्षेत्रहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।