महिला विश्वकप फुटबलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

महिला विश्वकप फुटबलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

fifa womens world cup

काठमाडौं, ३१ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा पुग्नका लागि आज इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलियाको सिड्नीमा आयोजक टोली र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर सेमिफाइनल भिडन्त पक्का गरेका हुन् ।

फिफा बरियताको चौथो स्थानमा रहेको इङ्ल्याण्ड महिला विश्वकपमा लगातार तेस्रोपटक सेमिफाइनलमा पुगेको हो । १०औ स्थानको अस्ट्रेलिया भने पहिलोपटक अन्तिम ४ मा पुगेको हो । आजको विजेताले उपाधिका लागि आइतबार स्पेनसँग खेल्नेछ । उपाधि दावेदार स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको हो । सातैं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको स्पेनले सनसनिपूर्ण खेलमा स्वीडेनलाई हराएको हो । अन्तिम १० मिनेटमा गोल हुदाँ निकै रोमाञ्चक भएको खेलको ८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् ।

८८औं मिनेटमा स्वीडेनकी रेविका मारियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसको एक मिनेट भित्रै पछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पु¥याइन् । ३२ टोली सहभागी महिला विश्वकप गएको जुलाई २० तारिखदेखि शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);