ठगी मुद्दामा इलामका उमेश सेती सुरुवाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

ठगी मुद्दामा इलामका उमेश सेती सुरुवाल पक्राउ

काठमाडौं,३० साउन । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने ईलाम रोङ गाउँपालिका–६ घर भएका ३१ वर्षीय उमेश सेती सुरुवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि १३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि कृषि कम्पनीमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट पटकपटक गरी ३९ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका६ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);