काठमाडौं, ३० साउन । बिधान सम्मत नेपाल विद्यार्थी संघ गठनको निम्ति आन्दोलनरत असन्तुष्ट पक्षले नेपाली कांग्रेसका दुई महामन्त्रीलाई ज्ञापन पत्र सहित नेविसंघको विधान बुझाएको छ ।
नेविसंघ नेता दीपक ओझाको नेतृत्वको टोलीले आज महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई एउटै स्थानमा भेटेर नेविसंघको विधान बुझाएका हुन् ।
अइतबार डा.शेखर कोइराला र रमेश लेखकलाई पनि ज्ञापनपत्र बुझाएका थिए ।
शनिबार महामन्त्रीद्वय थापा र शर्माले भेट्ने समय नदिएपछि विद्यार्थीहरु आक्रोसित भएका थिए ।