नेपाल र भट्टराईसँग बयान लिने सीआईबीको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नेपाल र भट्टराईसँग बयान लिने सीआईबीको तयारी

काठमाडौं, ३० साउन । बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा प्रकरणमा द्धय पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग प्रहरीले बयान लिने तयारी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन– २०२० को किर्तेसम्बन्धि महलका दफाअन्तर्गत उनीहरुसँग बयान लिन लागेको हो ।

युरोप पुगेका नेपाल सोमबार भ्रमण छोट्याएर स्वदेश आइपुगेका छन् । अनुसन्धान छल्न भागेको आरोप उनीमाथि लागेको छ । डा.भट्टराई पनि उपत्यका बाहिर रहेको बुझिएको छ ।

सीआईबीले गत असार १२ गतेदेखि ललिता निवास जग्गा प्रकरणका केही आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । भदौको पहिलो साताभित्रै अनुसन्धान पुरा गरीसक्ने योजना छ ।

संगठित अपराधको कसुरमा आरोपितलाई पक्राउ गरेपछि ६० दिनको समय भित्र अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा मुद्दा दायर गरिसक्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);