मुगुमा जीप दुर्घटना,४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

मुगुमा जीप दुर्घटना,४ जनाको मृत्यु

मुगु,३० साउन । मुगुमा जीप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । प्रहरी मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली, सेरे रोकाया र हुम्लाका उदीप बोहरा रहेका छन् ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नंको बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);