काठमाडौं । ब्राजिलीयन फुटबलर नेयमार साउदी जाने भएका छन् । उनी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षका लागि अनुबन्धीत भएका हुन् ।
अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको उल्लेख गरिएको छ । अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक दिने भएको हो ।
अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन्।