सामान्य अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ३९८.१३ विन्दुमा पुगेको छ ।

कूल २७९ वटा कम्पनीको ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);