सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी

काठमाडौं, २९ साउन । निःवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ ।

राम्रो काम गर्दागर्दै अपm्ठ्यारोमा पर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उहाँको भनाई थियो । सोमवार सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै निःवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ । राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ । विभिन्न परिस्थिति छ । तर विशेष परिस्थितिलाई मध्यनजर गर्दा यसो उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कहीँन कहीँ तर त्याग गर्नुप¥यो भन्दा सहज तरिकाले सम्माननीय प्रधानमन्त्रीज्युले सबै पदाधिकारीज्युहरुलाई राखेर सबै मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने ? कसले चाहीँ सहज तरिकाले छोडिदिने भन्दा सबैको प्रश्ताव हुँदा उहाँहरुले मलाई प्रश्ताव गर्नुभयो । अरु साथीहरुलाई प्रश्ताव गरियो । तर, बोल्नु भयो वा भएन । दोस्रो कुरा भयो । तर मैले सहज रुपमा पद, प्रतिष्ठा सधैँ रहँदैन । तपाईंको लागि मैले सहज सहयोग गरिदिन्छु भनेर म आफैँले बिदा लिएँ । मैले किन लिए भन्दा सम्माननीय प्रधानमन्त्रीज्यु मेरो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भएको कारणले उहाँ यति राम्रो काम गर्दा केही अपm्ठ्यारा छन् भने तपाइँको लागि सहयोग गरिदिन्छु । तर देश र जनताको लागि राम्रो काम गर्नुस् । हाम्रो पद, प्रतिष्ठा त आउँछ, जान्छ भनेर मैले एकदम सहज तरिकाले यो अवसर दिनु भयो भनेर किसानको छोरो, उत्पीडित थारुको छोरालाई अवसर दिनु भएकोमा प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु ।’

निःवर्तमानमन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गर्नुभयो । मोदीले करिव ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । मोदीले आफ्नो कार्यकाल सुःखद् रहेको दाबी गर्दै खुशी समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);