भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा, ७ दिन सम्म बाटो सहज नहुँदा यात्रुको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८१, आइतबार

भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा, ७ दिन सम्म बाटो सहज नहुँदा यात्रुको विचल्ली

कञ्चनपुर, साउन २९ । अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । खाली बस खाली ट्रक ओहरदोहर गर्ने गरी राजमार्गको सो खण्ड मर्मत गरिएको छ । तर, भारवाहन गाडी भने गुड्न सकेका छैनन् ।

सुदुर पश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्र्याक खोल्ने काम भईरहेकोे छ । एक साता वित्दा समेत राजमार्ग सहज रुपमा सुचारु नहुदा यातायात प्रभावित भई यात्रु तथा व्यापारीले हैरानी बेहर्नु परेको छ ।
कैलालीको गोदावरी नगरपालिका –४ बुढितोलामा गत सोमवार राति गोदावारी–बुढितोला सडक खण्डको विभिन्न क्षेत्रमा आएको पहिरोको कारण सुदुर पश्चिम प्रदेशका ७ वटा पहाडि जिल्लाको यातायात सेवा ठप्प भएको थियो । विभिन्न कामले तराईमा आउने तथा पहाड जाने यात्रुहरुले सकसपुर्ण यात्रा गर्न वाध्य भएका छन ।

सुदुरपश्चिमका पहाडि जिल्लामा जाने एकमात्र राजमार्ग भएको र यसको कुनै बैकल्पिक वाटो नहुदा पहाड वाट तराईका लागी ल्याईने साग तरकारीको कैलाली तथा कञ्चनपुरमा अभाव र्सिजना भएको छ । भने पहाडि जिल्लाहरुमा खाद्यान्न लगायत तथा दैनीक उपभोग्य समानको आभाव हुने अवस्थामा पुगेको छ ।

यता गोदावरी नगरपालिका –४ का पहिरो पिडितहरुको समेत विचल्ली भएको छ । पहिरोले ५ घर परिवारका २० जना अहिले आफन्तकहा आश्रय लिए्र बसिरहेका छन भने उनीहरुको घर खेत सवै वगाउदा आफुहरुलाई खान वस्नै समस्या भएको र पहिरोकै कारण वाटो नखुल्दा आफुहरुको अवस्था बुझ्न समेत कोहि नआएको दुःख व्यक्त गरेका छन । यता पहिरोको कारण सवारी राजमार्ग बन्द हुदा तराईमा बेचविखन गर्न लगिरहेको कृषि उपजहरु वटोमै सडेर लाखौ.को क्षति व्यापारीहरुले बेहर्नु परेको छ ।
मंगलवार विहानै देखि सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएका विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौल्दै गएपनी लगातारको वर्षाका कारण ठाउँ ठाउँमा सडक भासिएको र चर्किएका कारण निर्वाध रुमा सडक सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालय कञ्चनपुर ले जनाएको छ ।

सुदुर पश्चिमका पहाडी जिल्लाहरुका केहि दिन यता निरन्तर पानी परिरहेकाले मौसम मा सुधार नआउन्जल ठुला गाडिहरु गुड्न भने अझै केही दिन लाग्ने र हाल साना गाडि र मोटरसाईकल हरु एकतर्फि रुपमा जान सकिने गरी व्यवस्था गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

यात्रुहरुलाई सहजताका सुदुर पश्चिम ट्राफिक कार्यालय अत्तरिया वाट जनशक्ति पठाएर पहाडी जिल्लाबाट आएका सवारी साधन सडक अवरूद्ध भएको ठाउँसम्म पुगेका यात्रुहरुलाई तराई वाट गएका सवारी साधन लाई पल्टी गरी यात्रु ओसार पसार मा सहजता गरीराखेको र पहिरो गएको ठाउको वारि र पारि चुस्त दुरुस्त तरिकाले ट्राफिक व्यवस्थापन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी निरिक्षक रण वहादुर विष्टले बताएका छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एकमात्र भीमदत्त राजमार्ग भएकाले सडक समयमै सञ्चालनमा नआउने हो भने पहाडी ७ जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने देखिन्छ भने खाद्यान्न लगायत विरामीहरुलाई समेत समस्या पर्ने देखिन्छ । तसर्थ यस्ता समस्याबाट मुक्ति पाउन बैकल्पिक सडकहरु संचालनमा ल्याउन सरकारले तदारुकता देखाउन आवस्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);