पार्टी भन्दा क्याम्पसको समस्यामा ध्यान दिन रञ्जित तामाङको सुझाब | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

पार्टी भन्दा क्याम्पसको समस्यामा ध्यान दिन रञ्जित तामाङको सुझाब

काठमाडौं, २८ साउन । अखिल क्रान्तिकारी केन्द्रीय समिति पूर्वअध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका युवानेता रञ्जित तामाङले विद्यार्थीहरुलाई पार्टी भन्दा माथि उठेर क्याम्पसको समस्यामा ध्यान दिन सुझाब दिएका छन् ।

तामाङले विद्यार्थी संगठनका नव उदयमान नेताहरुलाई पार्टीको नेताको मात्र नभई क्याम्पसहरुको समस्यामा पनि ख्याल गर्न यस्तो सुझाब दिएका हुन् ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ समितिको प्रथम बैठकमा धारणा राख्दै तामाङले जिर्ण अवस्थामा रहेको र शैक्षिक तथा पुर्बधार बिकासमा ठूलो पहलको आवश्यकता रहेको बताए ।

नेता तामाङले सम्पूर्ण विद्यार्थीहरुलाई अहिलेको नयाँ प्रविधि र नयाँ उद्यमशीलतालाई प्रयोग गरी देशमै केही गर्न पनि आग्रह गरेका छन् । सम्पूर्ण युवाहरु श्रम र शिक्षाको लागि विदेश गएको देख्दा आफू निकै चिन्तित भएको पनि उनको आशय थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);