एजेन्सी । रूसले ४७ वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।
रुसले लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो । बोस्तोनी कस्मोड्रोमबाट प्रक्षेपण भएको यो रकेटले पाँच दिनसम्म सिधा उडान भरेर चन्द्रमाको कक्षमा पुग्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउनेछ । अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान छ ।
भारतले एक महिनाअघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने बताइएको छ ।
भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना छ । लुना–२५ ले सफ्ट ल्यान्डिङ अभ्यास गर्नेछ । ल्यान्डरमा एक विशेष उपकरण छ, जसले सतहको ६ इन्च खन्न सक्छ । लुनाले २५ वटा चट्टान र माटोको नमूना संकलन गर्नेछ ।
यसले जमेको पानी खोज्न सक्छ । रसियाको लक्ष्य भनेको भविष्यमा चन्द्रमामा मानिस स्थायी रुपमा बसेमा उनीहरुलाई पानीको समस्या हुन्छ या हुँदैन भन्ने बुझ्न चाहन्छ ।रुसले सन् १९७६ पछि युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोग विना नै यो प्रक्षेपण गरेको हो ।