एमालेले आवेगमा संसद अवरुद्ध गर्योः महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

एमालेले आवेगमा संसद अवरुद्ध गर्योः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले संसदमा आवेगमा संसद अवरुद्ध गरेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद सुचारु हुने बताउनु भयो ।

उहाँले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउनु भयो। उहाँले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताउनु भयो। उहाँले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दुखि छ भन्ने राम्रोसँग बुझेको बताउनु भयो। उहाँले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताउनु भयो । उहाँले नेपाली समाजमा हीत र अहीतलाई बुझ्ने विवेक भएपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको बताउनु भयो ।

उहाँले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);