तनहु । नेपाली सेनाले शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।
आज तनहुं जिल्ला, भिमाद नगरपालिका, वडा नं. ६ स्थित एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।
उक्त गृनेड जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको छ ।