काठमाडौँ । व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।
भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । १०० किलो सुन तस्करी प्रकरणमा उनको नाम मुछिएको थियो ।




