महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटको लागि टोलीको घोषणा गरेको छ ।

क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छिन् । भारतको दिल्लीमा क्रिकेट सिकेर नेपाल आएकी पुजा ब्याटिङ अलराउन्डर हुन् । रुवी युवा विकेटकिपर ब्याटर तथा खुशी डंगोल लेग स्पिनर हुन् ।

पुजाले नेपालमा घरेलु क्रिकेट नखेलेपनि प्रशिक्षणमा राम्रो प्रभाव छाडेपछि सिनियर टोलीमा परेकी हुन् । रुविले सुदुरपश्चिम र खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्छिन्। यी बाहेक टीममा सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम, अस्मिना कर्माचार्य छन्। विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ । ​

एशिया छनौटमा १२ देशले भाग लिदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ। समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);